PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पैगम्बरमाथिको विवादित टिप्पणी मोदी सरकारलाई भारी पर्दै : राज्यहरुमा हिंसात्मक प्रदर्शन, राँचीमा दुईजनाको मृत्यु



पहिलोपोस्ट

पैगम्बरमाथिको विवादित टिप्पणी मोदी सरकारलाई भारी पर्दै : राज्यहरुमा हिंसात्मक प्रदर्शन, राँचीमा दुईजनाको मृत्यु
Photo : ANI/BBC HINDI

पैगम्बर मोहम्मदमाथि भारतीय जनता पार्टी (भाजपा) की पूर्व प्रवक्ता नूपुर शर्माको टिप्पणीको विरोधमा भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ। यसै विषयलाई लिएर झारखण्डको राँचीमा भएको हिंसामा दुईजनाको मृत्यु भएको छ। 

राँचीमा प्रहरी र प्रदर्शनकारीबिच धेरै समयसम्म झडप भएको थियो। त्यसक्रममा दर्जनौं व्यक्ति घाइते भएका थिए। हाल राँचीको हिंसा प्रभावित क्षेत्रमा कर्फ्यू लगाइएको छ। शुक्रवार बेलुकी ७ बजेदेखि शनिवार बिहान ६ बजेसम्मका लागि त्यहाँ इन्टरनेट पनि बन्द गरिएको थियो। हाल राँचीको अवस्था नियन्त्रणमा रहेको प्रहरीको दाबी छ।

शुक्रवार जुमेको नमाजपछि भारतका विभिन्न शहरमा विरोध प्रदर्शन सुरु भएको थियो। प्रदर्शन भएका कयौं स्थानमा हिंसात्मक झडप समेत भएको थियो। पैगम्बरमाथि आपत्तिजनक टिप्पणीको विरोधमा दिल्ली, उत्तर प्रदेश, पश्चिम बंगाल, तेलांगाना, महाराष्ट्र, र जम्मू कश्मीरमा समेत विरोध प्रदर्शन भएको छ।

पढ्नुसु : भारतसँग रुष्ट बन्दै अरबी देश, पैगम्बरप्रतिको विवादित बयान मोदीलाई कति भारी पर्ला?

एक टेलिभिजन डिबेटमा नूपुरले पैगम्बरविरुद्ध अपमानजनक टिप्पणी गरेकी थिइन्। हिन्दुहरुको आस्थामाथि केही व्यक्तिहरुले ठट्टा गरिरहेको भन्दै उनले पैगम्बरविरुद्ध बोलेकी थिइन्। उनको सो अभिव्यक्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। उनकै अभिव्यक्तिका कारण भारतका कयौं शहरमा प्रदर्शन समेत भएको थियो। त्यसबेलासम्म भाजपाले यस विषयमा कुनै कारवाही गरेको थिएन।

तर, जब अरब देशले पैगम्बरविरुद्धको बोलीको आलोचना गर्न थाल्यो अनि भाजापा एक्सनमा उत्रियो। भाजपाले नुपूरलाई पार्टीको प्राथमिक सदस्यबाट निलम्बित गरेको थियो। यस्तै, दिल्ली मिडिया सेलका भाजपा प्रमुख नवीनकुमार जिंदललाई कारवाही गर्दै पार्टीबाट निस्कासित गरेको थियो। नरेन्द्र मोदी सरकारलाई अरबी देशहरुले घेर्न थाले पछि भारतमा फेरि प्रदर्शनको क्रम बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell