काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिन सुरु गरेको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आजबाट प्रशिक्षण सुरु भएको हो। उक्त कार्यक्रम भोलिसम्म चल्नेछ।
दुई दिने तालिमको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्।
एमालेको प्रशिक्षण कार्यक्रममा सुरु हुनभन्दा अघि सभागृहमा रहेका जनप्रतिनिधिहरु तस्विर खिच्नमा व्यस्त देखिन्थे। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग सेल्फी खिच्नेको भिड थियो। यस्तै, जनप्रतिनिधि र एमाले नेताहरु पनि तस्विर खिच्नमा व्यस्त देखिन्थे। मञ्चमा भने नेताहरु कानेखुसी गरिरहेका थिए।
स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण कार्यक्रममा अहिले ओलीले सम्बोधन गरिरहेका छन्।
पढ्नुस : चुनाव मात्रै लडेनौं अधिनायकवादविरुद्ध पनि लड्यौं : ओली, 'बदरलाई सदर गरिएको स्थिति सामना गरियो'