PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सगरमाथा आधार शिविर सार्ने तयारी



पहिलोपोस्ट

सगरमाथा आधार शिविर सार्ने तयारी
सगरमाथा आधार शिविरसम्म साइकलमा पुगेका पेड्रो बेन्टो। तस्विर : पेड्रो बेन्टो

काठमाडौं : जलवायु परिवर्तनका कारण सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) सार्नेबारे छलफल अघि बढाइएको छ। बीबीसीका अनुसार हालको मानवीय गतिविधिका कारण बेस क्याम्पमा असुरक्षित हुँदा सरकारले यस्तो तयारी गरेको हो।

सगरमाथा आरोहणको मौसममा करिब १ हजार ५०० व्यक्तिले खुम्बु हिमनदी (ग्लेसियर) क्षेत्रमा अवस्थित क्याम्पको प्रयोग गर्ने गर्छन्। नयाँ बेस क्याम्प हालको क्याम्पभन्दा तल हुने बताइएको छ। हालको बेस क्याम्प ५ हजार ३६४ मिटरको उचाइमा छ। नयाँ बेस क्याम्प भने हालको भन्दा २०० देखि ४०० मिटर मुनि हुनेछ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बेस क्याम्प सार्ने योजनामा आफूहरु रहेको बताएका छन्। उनले यस विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने समेत बताएका छन्।

सम्बन्धित समाचार : पोर्चुगलबाट साइकलमा पेड्रोको काठमाडौं यात्रा, सगरमाथा आधार शिविर पनि पेडल घुमाउँदै...



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell