36.jpg)
काठमाडौं : काठमाडौं उपत्यकामा युवतीको प्रयोग गरेर ‘हनी ट्रयापिङ’ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने १९ वर्षीया निकिता केसी, १८ वर्षीया मनीषा परियार, ३२ वर्षीय डिकबहादुर शर्मा, ३० वर्षीय सञ्जीव दर्जी, २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दिनेश कुमार आचार्यले जानकारी दिए।
उनीहरूले सामाजिक सञ्जालबाट महिलालाई प्रयोग गरी विभिन्न मानिससँग सम्पर्क गरेर भेटघाट गरी विभिन्न झुटा मुद्दा लगाइदिने भन्दै रकम असुली गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरूले सुरुमा सामाजिक सञ्जालबाट पुरुषलाई सम्पर्क बढाएर बोलाइ रेस्टुरेन्टमा लगेर खाजा खुवाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
त्यसपछि पुरुषले प्रयोग गर्ने सवारी साधनदेखि बस्ने ठाउँको समेत रेकर्ड लिने गरेको देखिएको एसपी आचार्यले जानकारी दिए। त्यसपछि नक्कली परिवारको सदस्य, वकिल र पत्रकार खडा गरेर रकमको बार्गेनिङ गरेको अनुसन्धानमा खुलेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो पनि पढ्नुहोस् :