PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एसपीपीबारे कागजात उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन



पहिलोपोस्ट

एसपीपीबारे कागजात उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा भएको समितिको बैठकले एसपीपी सम्बन्धि कागजात ७ दिन भित्र उपलब्ध गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।

शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो। आज भने प्रधानमन्त्री देउवालाई बोलाइएको थियो। तर, उनी उपस्थित भएनन्।

देउवा नआएकोप्रति विपक्षी सांसदहरुले आपत्ति जनाएका थिए। नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्रीलाई फेरि बोलाउनुपर्ने भन्दै माग राखेका थिए। नेपाली कांग्रेस र गठबन्धन दलका सांसदले भने देउवा नआएकोमा बचाउ गरेका थिए।

पढ्नुस : मिनि संसदमा 'एसपीपी' बहस : प्रधानमन्त्री नआएपछि ‘दालमें कुछ काला है’, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माग

जवाफ दिन देउवा नजाँदा संसदीय समितिमा चर्काचर्की : पुष्पा भुसाल बचाउमा, भीम रावल विरोधमा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell