PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

रवि लामिछानेको राजनीतिक दलको नाम : राष्ट्रिय स्वतन्त्र पार्टी



पहिलोपोस्ट

रवि लामिछानेको राजनीतिक दलको नाम : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले 'राष्ट्रिय स्वतन्त्र पार्टी'घोषणा गरेका हुन्।

उनले आफू पुराना राजनीतिक दलमा प्रवेश नगर्ने भन्दै नयाँ राजनीतिक दल बनाएको बताए। उनले स्वतन्त्र उम्मेदवारलाई पनि आफूले स्वागत गर्ने बताए।

भने, 'सुरुवात कसैले गरेको भए पनि मैले नेतृत्व गरेको हो।' उनले आफूले भनेको पूरा नगरे ढुंगाले हान्न समेत चुनौती दिएका छन्।

आफ्नो राजनीतिक दल घोषणा कार्यक्रम अघि रवि पशुपतिनाथ मन्दिरमा पुगेका थिए। लामिछानेले आफू अहिलेसम्म दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा समेत गरेका छन्। 

'दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिन,राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन्। आफ्ना पार्टी भित्र आलोचना गर्न पर्खेर बसे। सबैभन्दा ठुलो नेताको मृत्यु भएपछि ठुलो ठाउँमा पुग्छु भनेर बस्दै,'उनले भने।

पढ्नुस : पुराना कुनै राजनीतिक दलमा प्रवेश गर्दिन, व्यवस्था बदल्न पनि आएको होइन : रवि लामिछाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell