PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

‘सबैको जहाज पार्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क होइन’



पहिलोपोस्ट

‘सबैको जहाज पार्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क होइन’

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘रत्नपार्क’ नभएको टिप्पणी गरेका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको भन्दै त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौं बाहिर राख्न निर्देशन दिइएको स्पष्टीकरण दिएका हुन्।

अधिकारीले वायुसेवा कम्पनीले उडान बन्द गरे प्राधिकरण चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन्। मंगलबार वायुसेवा संचालकहरुले पनि पत्रकार सम्मेलन गर्दै उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेको थियो।

अधिकारीले सो निर्णयलाई काउन्टर दिँदै भने, 'आफूले गर्न नपाउँदा उडाननै बन्द गर्छु भन्ने धङ्धङी नदेखाए हुन्छ। प्राधिकरण र वायुसेवा कम्पनी नङ र मासु हुन्। आर्थिक विस्तारका लागि दुवैको उत्तिकै भूमिका छ। उडान बन्द गर्ने निर्णय गलत हो। सानो गल्तीले ठूलो क्षति हुनेछ। जनतालाई दु:ख परे प्राधिकरण चुप लागेर बस्ने छैन।’

पढ्नुस : भोलिदेखि वायुसेवा संचालक संघले आन्तरिक उडान ठप्प पार्ने

बेस बाहिर राख्ने निर्णय दुई महिना अगाडि बुद्ध, यती, सौर्य, श्रीलगायत वायुसेवा कम्पनीका प्रतिनिधिबिचको छलफल पछि पारित गरिएको उनले बताए।

उडान डिले हुने, यात्रु र वायुसेवा कम्पनीका कर्मचारीबिच झगडा हुने, ग्राउन्ड ह्यान्डलिङमा समस्याका कारण स्वीकृति लिएको बेस अनुसार उडान गर्न निर्देशन दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

उनका अनुसार हेलिकप्टरअन्तर्गत २१ वटा काठमाडौं र १७ वटालाई बाहिर बेस राख्न दिइएको छ। फिक्स विङतर्फ १७ वटा काठमाडौं र बाँकी ३५ वटा उपत्यका बाहिर राख्न निर्देशन दिइएको सिटौलाले बताए।

कम्पनीले काठमाडौ बाहिरको बेस फेरबदल गर्न पाइने व्यवस्था रहेको उनले जानकारी दिए। प्राधिकरणले यसका लागि आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell