PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

छात्रामाथि यौन दुर्व्यबहारको अभियोग लागेका अधिकारी र पौडेल पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

छात्रामाथि यौन दुर्व्यबहारको अभियोग लागेका अधिकारी र पौडेल पुर्पक्षका लागि थुनामा

काठमाडौंः जिल्ला अदालत काठमाडौंले यौन दुरुपयोगको अभियोग लागेका सेन्ट लरेन्स कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाएको छ। अदालतको आदेशानुसार अधिकारी र पौडेललाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको हो।

जिल्ला अदालतको मंगलबारको आदेशानुसार उनीहरुलाई थुनामा पठाइएको हो। अदालतको आदेशानुसार अब अधिकारी र पौडेलले मुद्दाको बाँकी प्रक्रिया थुनामै रहेर पूरा गर्नुपर्ने छ। यद्यपि आदेशउपर माथिल्लो अदालतमा निवेदनको सुविधा भने हुने छ। 

पढ्नुस्ः सेन्ट लरेन्स कलेज शिक्षक प्रकरण : दुई जना शिक्षकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुनेगरि दुबै जनालाई थुनामा पठाएको हो।

अधिकारी र पौडेलमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२५ को बाल यौन दुरुपयोगको अभियोग लगाइएको छ।

चावहिलस्थित सेन्ट लरेन्सका कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया दुई छात्रालाई यौन दुरूपयोग गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए।

शिक्षकहरूले दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीले निरन्तर प्रदर्शन गरेपछि प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell