PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल, एकीकृत समाजवादीले प्रस्तावित मन्त्रीको मुद्दा उठाउने



पहिलोपोस्ट

गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल, एकीकृत समाजवादीले प्रस्तावित मन्त्रीको मुद्दा उठाउने
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनको बैठकमा नागरिकता विधेयकबारे छलफल भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसिरहेको बैठकमा नागरिकता विधेयकबारे छलफल भइरहेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नागरिकता विधेयकमाथि छलफल भइरहेको जानकारी दिए।

गठबन्धनको बैठकअघि नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठक बसेको थियो। उक्त बैठकमा समाजवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयनका बारेमा छलफल भएको थियो।

गठबन्धनको बैठकमा पनि मन्त्री फिर्ता बोलाउने निर्णयबारे छलफल हुने एकीकृत समाजवादीका नेताहरुले बताएका छन्। सचिवालय बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा छलफल भएर टुंगो लाग्ने बताएका थिए। 

एकीकृत समाजवादीको सचिवालयले जेठ २२ गते एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, दुई साता बितिसक्दा पनि एकीकृत समाजवादीले निर्णयलाई कार्यान्वयन गराउन सकेन। स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई पार्टीले फिर्ता बोलाएको थियो।

मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपालले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका थिए। एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि गठबन्धनका अरु दलहरुमा पनि मन्त्री फेर्नुपर्ने दवाव बढेको नेताहरुले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell