PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

आज पनि शेखर समूह छुट्टै बैठकमा जुट्दै



पहिलोपोस्ट

आज पनि शेखर समूह छुट्टै बैठकमा जुट्दै

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि बस्दैछ। आज दिउँसो २ बजे राजधानीको बत्तिसपुतलीमा संस्थापन इतर समूहको बैठक बस्ने भएको हो। बैठक हिजोबाट सुरु भएको हो।

बिहीवार करिब २ घण्टा चलेको छलफलमा डा.शेखर पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको थियो। हिजोको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीतिक गठबन्धन लगायतका विषयहरुमा छलफल भएको बताए। उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताएका थिए।

पढ्नुस : शेखर समूहको बैठकको तरंग : केन्द्रीय समिति डाके देउवाले, 'रचनात्मक विद्रोह'को तयारीमा संस्थापनइतर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell