PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एक वर्षअघि संखुवासभामा एकै परिवारका ६ जनाको हत्या अभियोगमा समातिएकामध्ये चार जनालाई आजीवन कैद



पहिलोपोस्ट

एक वर्षअघि संखुवासभामा एकै परिवारका ६ जनाको हत्या अभियोगमा समातिएकामध्ये चार जनालाई आजीवन कैद

काठमाडौं : गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेकामध्ये ४ जनालाई आजीवन कैद सजाय तोकिएको छ। जिल्ला अदालत संखुवासभाले प्रतिवादीमध्ये ४ जनालाई आजीवन कैद गर्ने निर्णय सुनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो 'क्लु' जसले अनुसन्धानलाई 'यू टर्न' गरायो

त्यस्तै, एक नावालक प्रतिवादीको हकमा भने २५ वर्षको दुई तिहाई कैद सजाय सुनाइएको छ। घटना भएको ६ दिनपछि अर्थात भदौ २७ गते लोकबहादुरक कार्कीलाई पक्राउ गरेको थियो। त्यसको केही समयपछि प्रहरीले ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय नरेश कार्कीलाई नियन्त्रणमा लिएको थियो। नरेश र रणबहादुर कार्की लोकबहादुरका भाइ र बुबा हुन्।

भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो। घटना रिसिइबीको कारण भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। चक्कु र दाउराको चिर्पट प्रहार गरेर हत्या गरिएको प्रहरीको अनुसन्धानमा देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell