PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

श्रीलंकामा सत्ता परिवर्तन असंवैधानिक तर आवश्यक : पूर्वराष्ट्रपति सिरिसेना



पहिलोपोस्ट

श्रीलंकामा सत्ता परिवर्तन असंवैधानिक तर आवश्यक : पूर्वराष्ट्रपति सिरिसेना
फाइल फोटो

चरम आर्थिक संकटसँगै श्रीलंकामा सत्ता परिवर्तनको तयारी चलिरहेको छ। यो सत्ता परिवर्तन असंवैधानिक भए पनि अहिलेको अवस्थाले यस तर्फ डोहोर्‍याउँदै लगेको छ श्रीलंकालाई।

पूर्व राष्ट्रपति तथा  श्रीलंका फ्रिडम पार्टीका नेता मैत्रिपाला सिरिसेनाले यस्तो कदम असंवैधानिक भए पनि यसतर्फ संसदमा प्रतिनिधित्व गर्ने दलहरु छलफलमा जुट्नुपरेको बताएका हुन्।

सिरिसेनाले यसैबिच श्रीलंकामा आन्दोलनरत समूहका प्रतिनिधिहरुसँग पनि भेट गरेको खुलासा  गरेका छन्। शनिवार राष्ट्रपति कार्यालय, राष्ट्रपति निवास र टेम्पल ट्रीमा  प्रदर्शनकारी प्रवेश गरेसँगै उनले आन्दोलनरत समूहका प्रतिनिधिसँग भेट गरेको जनाएका हुन्।

यो समूहले प्रधानमन्त्रीको  नीजि निवासमा समेत आगजनी गरेको छ। उनले न्यूज फर्स्टसँगको संवादका क्रममा राष्ट्रपति, प्रधानमन्त्री तथा संसदले समेत निर्णय गर्ने क्षमता गुमाइसकेको यथार्थलाई नकार्न नसकिने बताएका श्रीलंकाको अनलाइन आइल्याण्डले जनाएको छ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीले ढिलाइ नगरी राजीनामा दिनुपर्ने आफ्नो अडानसमेत दोहोर्‍याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell