PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रस्तावित अमेरिकी राजदूतको टिप्पणीमाथि चीनको ध्यानाकर्षण : नेपाली जनताको भावनाको अपमान



पहिलोपोस्ट

प्रस्तावित अमेरिकी राजदूतको टिप्पणीमाथि चीनको ध्यानाकर्षण : नेपाली जनताको भावनाको अपमान

काठमाडौं : नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले एमसीसी चीनको भ्रमक प्रचार अभियानका बाबजुद पास भएको भनेर दिएको अभिव्यक्तिप्रति चीनले ध्यानाकर्षण भएको जनाएको छ। 

काठमाडौंस्थित चिनियाँ दूतावासले थम्प्सनको अभियव्यक्तिलाई 'नोट' गरेको बताएका छन्। दूतावासकाले नेपालमा एमसीसी पारित गर्ने बेला ठूलो विवाद भएको र संसदले व्याख्यात्मक घोषणामार्फत पारित गरेको सबैलाई थाह भएको जनाएको छ। उक्त घोषणाले एमसीए कम्प्याक्ट तथा अन्य सम्बन्धित समझदारीहरु अमेरिकाको कुनै रणनीति, इन्डो प्यासिफिक स्ट्राटेजीसहितका कुनै सैन्य वा सुरक्षा गठबन्धनमा नेपाल नरहेको स्पष्ट पारेको छ। 

'नेपाल सरकार र नेपाली जनताको यो न्यायसंगत कदमले उनीहरुको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय स्वार्थको रक्षा गरेको छ,' दूतावासले भनेको छ, 'अमेरिकी पक्षबाट भएका टिप्पणी पूर्णतय आधारहिन छन्। उनीहरुले चीनको निन्दामात्र गरेका छैनन्। नेपाल र नेपाली जनताको पनि अपमान गरेका छन्।'


सम्बन्धित समाचार:
चीनको दुष्प्रचारका बाबजुद् एमसीसी पास हुनु उपलब्धि : प्रस्तावित राजदूत थम्पसन, तिब्बती शरणार्थीको अधिकारका लागि काम गर्छु


चीनले अमेरिकाको यो आरोप नै वास्तविक 'भ्रामक सूचना' भएको भन्दै आरोपको खण्डन गरेको छ। 

दूतावासले अन्तर्राष्ट्रिय विकास, आपसी सम्मान र समानता नै चीनको विश्वास भएको भन्दै देशको सार्वभौमिकता र जनताको चाहनाको पूर्ण सम्मान हुनुपर्ने बताएको छ। साथै कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु नहुने र राजनीति मिसाउन नहुनेसमेत उसले स्पष्ट पारेको छ। 

स्वार्थपूर्तीका लागि बलपूर्ण कुटनीति, र अर्को देशको सार्वभौमिकता उल्लंघन गर्न नपाइनेसमेत उसले स्पष्ट पारेको छ। 

नेपालको नजिकको छिमेकी तथा विकास साझेदार भएको नाताले चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय स्वार्थको रक्षाका लागि सँधै सहयोग गर्ने प्रतिवद्धतासमेत दूतावासले जनाएको छ। 

उसले नेपाली जनतालाई आफ्नो विकासको बाटो स्वतन्त्र रुपमा छान्नसमेत सहयोग गर्ने जनाएको छ। त्यस्तै दूतावासले नेपालको सामाजिक आर्थिक विकासका लागि क्षमता अनुसारको सहयोग गर्नेसमेत जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell