PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भारतीय विदेश मन्त्री एस जयशंकरसँग माओवादी अध्यक्ष प्रचण्डको छलफल, के विषयमा भयो कुराकानी?



पहिलोपोस्ट

भारतीय विदेश मन्त्री एस जयशंकरसँग माओवादी अध्यक्ष प्रचण्डको छलफल, के विषयमा भयो कुराकानी?

काठमाडौं : भारतीय विदेश मन्त्री एस जयशंकरले भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको जनाएका छन्।

आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जय शंकरले बताएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई स्वागत गर्दै उनले नेपाली भाषामा भ्रमणबारे उल्लेख गरेका छन्।  उनले भ्रमणका बिच भएको छलफल फलदायी रहेको समेत टिप्पणी गरेका छन्। छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहेनछ,' जयशंकरले लेखेका छन्। 

भारत यात्राबारे दिल्लीमा प्रचण्डको प्रतिक्रिया : आकस्मिक होइन यो भ्रमण

प्रचण्ड शुक्रवारबाट भारतीय जनता पार्टीको निमन्त्रणामा दिल्ली यात्रामा छन्। 

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो,' प्रचण्डले भनेका छन्, 'कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन। समग्रमा नेपाल–भारत बिचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो।'

प्रचण्डको भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारतमै रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग आज बिहान अध्यक्ष दाहालको नेपाली दूतावासमा भेटघाट भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell