PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

दिल्लीमा भेटियो मंकिपक्स भाइरसको पहिलो संक्रमित



पहिलोपोस्ट

दिल्लीमा भेटियो मंकिपक्स भाइरसको पहिलो संक्रमित

भारतको राजधानी दिल्लीमा ‘मंकिपक्स’ भाइरसको पहिलो संक्रमित भेटिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिल्लीमा यो भाइरसको पहिलो संक्रित पहिचान भएको पुष्टि भएको छ। भारतमा मंकिपक्सको यो चौथौ केस हो।

ज्वरो र घाउहरु आएपछि ३१ वर्षीय व्यक्तिलाई अस्पताल लगिएको थियो। उनैमा मंकिपक्स देखिएको हो।

विश्व स्वास्थ्य संगठनले मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरिसकेको छ। संगठनले हालसम्म ७० भन्दा बढी देशमा मंकिपक्सको संक्रमण फैलिएको जनाएको छ। हालसम्म मंकिपक्सका १६ हजार भन्दा बढी ‘केस’ पत्ता लागेको र पाँचजनाको मृत्यु भएको छ।

पढ्नुस : डब्लुएचओले भन्यो : मंकिपक्स 'विश्वव्यापी स्वास्थ्य आपतकाल', ७० भन्दा बढी देशमा फैलिएको यो भाइरस कत्तिको जोखिमपूर्ण छ?

‘इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ मंकिपक्सको अवस्था कस्तो छ? यस्ता छन् डब्लुएचओका निर्देशन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell