PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीको छापा, चिनियाँ नागरिकले संचालन गरेको आशंका



पहिलोपोस्ट

तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीको छापा, चिनियाँ नागरिकले संचालन गरेको आशंका
फोटोः आइतबार बुटवलमा कलसेन्टरमा छापा मार्द गर्दा

काठमाडौं : प्रहरीले काठमाडौंको तीनकुनेमा रहेको कल सेन्टरमा छापा मारेको छ। आज दिउँसो तीनकुने र गैरिगाउँमा रहेको कल सेन्टरमा छापा मारेको हो।

त्यहाँ १ सय जना भन्दाबढी कर्मचारीहरु काम गरेको पाइएको छ। विभिन्न तरिकाबाट मानिसलाई ठगी गर्न कल सेन्टर संचालन गरेको पाइएपछि काठमाडौं प्रहरीले छापा मारेको हो।

'चिनियाँ नागरिकले चलाएको भन्ने आएको छ। तर, अझै पुष्टि गर्दै छौँ। हाम्रो टोली अहिले फिल्डमा नै छ,' काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले भने।

सोमवार रुपन्देहीको तिलोत्तमामा कार्यालय सञ्चालन गरी ठगी धन्दामा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरस्थित एक घरमा तीन वटा फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कार्यालयमा भारतीय नागरिकको समेत लगानी रहेको खुलेको छ। उक्त कार्यालयबाट मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै, असार ५ गते सूचना प्रविधिको दुरुपयोग गरेर मानिसहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको थियो। दुई भारतीय नागरिक सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। भारतको नयाँ दिल्लीबाट गिरोह सक्रिय भएको र नेपालमा कल सेन्टर बनाएर अमेरिकन र क्यानेडियन नागरिकलाई प्रविधिको माध्यमबाट ठगी गर्ने गरेको देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell