PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

ताइवान संकट : आणविक हतियारसहित युएसएस रोनाल्ड रेगन पुग्यो साउथ चाइना सी, पीएलएका जहाज पुगे ताइवान नजिक



पहिलोपोस्ट

ताइवान संकट : आणविक हतियारसहित युएसएस रोनाल्ड रेगन पुग्यो साउथ चाइना सी, पीएलएका जहाज पुगे ताइवान नजिक
File Photo: MC2 Jason Tarleton/Navy Via Defense News

ताइवान तनावका बिच अमेरिकी एयरक्राफ्ट क्यारियर र ‘स्ट्राइक ग्रुप’ साउथ चाइना सीमा प्रवेश गरेको छ। अमेरिकी संसद्की सभामुख नेन्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर चीन-अमेरिकाबिच तनाब बढ्दै जाँदा अमेरिकी एयरक्राफ्ट क्यारियर युएसएस रोनाल्ड रेगन साउथ चाइना सीमा प्रवेश गरेको हो।

यो एयर क्राफ्ट क्यारियर निमित्ज-क्लास आणविक सम्पन्न सुपरक्यारियर हो। यसको प्रवेशलाई अमेरिकाले नियमित सातौँ फ्लिटको संज्ञा दिएको छ। यसअघि जुलाई १४ मा पनि रोनाल्ड रेगन साउथ चाइना सी प्रवेश गरेको थियो। त्यहाँदेखि नियमित फ्लिटका क्रममा गुज्रिएको रोनाल्ड रेगन फेरी साथ चाइना सीमा नै फर्किएको हो।

सिंगापुरमा रहेको छाङ्गी नेभल बेसमा पाँच दिन रहेको रोनाल्ड रेगन जुलाई २६ मा त्यहाँबाट निस्किएको ब्लुमबर्गले जनाएको छ।

रोनाल्ड रेगनको यो यात्रा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिच्यान चाओको ‘पेलोसीको भ्रमणको लागि गम्भीर तयारी गरिरहेको’ भन्ने अभिव्यक्तिपछि भएको हो।

यसअघि रोनाल्ड रेगनले मेमा जापानको योकोसुकामा नेभल ड्रिल गरेको थियो।

‘युएसएस रोनाल्ड रेगन र उसको स्ट्राइक ग्रुप सिंगापुरको पोर्ट भ्रमणपछि साथ चाइना सीमा अपरेट गरिरहेको छ’, जापानमा रहेको युएस सातौँ फ्लिटका पब्लिक अपेयर्स अफिसर कमान्डर हेली सिमले भनेका छन्, ‘म यो थप गर्न चाहन्छु कि रेगनले स्वतन्त्र र खुला इन्डो-प्यासिफिकलाई सहयोग गर्न सामान्य र पूर्व निर्धारित कारबाही निरन्तर गरिरहनेछ।’

यसैबिच, अमेरिकी रक्षा मन्त्री ल्लोइड अस्टिनले आफूले सभामुख पेलोसीसँग छलफल गरी उनको सुरक्षित भ्रमणको लागि प्रत्याभूति दिएको बताएका छन्।

यता चिनियाँ रक्षा मन्त्रालयले पनि पेलोसीको भ्रमण रोक्न पीएलएले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिइसकेको छ।

यसैबिच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओले अमेरिकाले साउथ चाइना सीमा पुन उद्धक जहाज पठाएर आफ्नो सैन्य तागत देखाएको अमेरिका यस क्षेत्रको शान्ति, स्थायित्वका लागि ठूलो चुनौती भएको प्रतिक्रिया दिएका छन्

यता चीनको रक्षा मन्त्रालयले ताइवानलाई सैन्य सहयोग गर्ने गरी आएको युएस नेशनल डिफेन्स अथ्योराइजेसन एक्टको विरोध गर्दै पीएलएले आफ्नो दायित्व पूरा गर्ने र ‘स्वतन्त्र ताइवान’ पृथकतावादीको कुनै पनि कार्य वा विदेशी हस्तक्षेपलाई स्वीकार नगर्ने जनाएको छ।

उसले ‘कार्य नै सबैभन्दा शक्तिशाली भाषा’ भन्दै पीएलएका युद्धक विमान तथा जहाजहरु ताइवान नजिक पुगेको बताएको ग्लोवल टाइम्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell