PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

डोनाल्ड लुसँगको भेटमा एसपीपी/आईपीएसको विषयमा छलफल हुन्नँ : परराष्ट्रमन्त्री खड्का



पहिलोपोस्ट

डोनाल्ड लुसँगको भेटमा एसपीपी/आईपीएसको विषयमा छलफल हुन्नँ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भ्रमण अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र इन्डो-प्यासिफिक स्ट्राटेजी (आईपीएस)मा केन्द्रीत नभएको बताएका छन्। 

शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन्। 


सम्बन्धित समाचार:

परराष्ट्र मन्त्रीलाई सांसदको प्रश्न : अमेरिकी सहायकमन्त्री किन आए? नेपाली सेना प्रमुख अष्ट्रेलिया किन गए?


नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने बताउँदै उनले अमेरिकी सहायक विदेश मन्त्रीको भ्रमणका क्रममा एसपीपी, आइपीएसका कुनै पनि विषयमा छलफल नहुने दाबी गरे। 

'डोनाल्ड लुको भ्रमणको कुरा आएको छ। मलाई पनि उनले भेट्दैछन्। त्यहाँ आइपीएस/एसपीपी केही विषयमा कुरा उठ्दैन्,' उनले भने, 'नेपाल र अमेरिका सम्बन्धका बारेमा छलफल हुने छ। नेपाल २०२६ मा एलडीसीबाट स्तरोन्नती हुँदैछ। त्यसका लागि आवश्यक सहयोगका विषयमा छलफल हुन्छन्।'

त्यस्तै नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको अष्ट्रेलिया भ्रमणको बारेमा सांसदले उठाएको प्रश्नमा भ्रमणबारे धेरै जानकारी नभएको बताए। 'एसिया-प्यासिफिक क्षेत्रका देशहरुको सेना प्रमुखहरुको सम्मेलनमा सहभागी हुन अष्ट्रेलिया जानुभएको हो। यो भ्रमण रक्षा मन्त्रालयको क्षेत्र भित्र पर्ने हुँदा यसबारेमा मलाई यति नै थाहा छ,' उनले भने, 'मन्त्रि परिषद्को बैठकबाट निर्णय भएर नै उहाँ त्यहाँ जानुभएको हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell