PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मला प्रकरणमा ४ वर्षअघि ‘समातिएका’ दिलीपसिंह विष्टविरुद्ध किशोरीमाथि दुर्व्यवहार गरेको आरोप, प्रहरीले उजुरी नै लिन मानेन



पहिलोपोस्ट

निर्मला प्रकरणमा ४ वर्षअघि ‘समातिएका’ दिलीपसिंह विष्टविरुद्ध किशोरीमाथि दुर्व्यवहार गरेको आरोप, प्रहरीले उजुरी नै लिन मानेन

धनगढी : चार वर्ष भइसक्यो १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको। तर पनि अझै प्रहरीले हत्यारा सार्वजनिक गर्न सकेको छैन।

प्रहरी महानिरीक्षकदेखि प्रहरीको ब्युरो, प्रदेश र जिल्लाको प्राथमिकतामा पर्दा पनि हत्यारा यो हो भन्न सक्ने अवस्था छैन। अहिले पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँछ।

प्रहरीले शंकाको घेरामा राखेर विभिन्न मानिसमाथि अनुसन्धान गरिरहेको छ। प्रहरीको क्लोज वाचमा रहेका व्यक्ति हुन् ४४ वर्षीय दिलीपसिंह विष्ट।

विष्टलाई प्रहरीले यसअघि घटनाको अभियुक्त भएको भन्दै २०७५ भदौ ४ गते सार्वजनिक गरेको थियो। तर, चर्को विरोध र डीएनए नमिलेपछि उनी रिहा भएका थिए। त्यपछि डीएनए परीक्षणमा समेत प्रश्न जन्मिएपछि विष्ट अन्य कारणले पनि प्रहरीको निगरानीमा नै छन्।

तिनै विष्ट विरुद्ध प्रहरीमा पुनः उजुरी परेको छ। निर्मला पन्तको घटनामा साइकल भेटिएको ठाउँ नजिकैको सडक छेउमा अर्की एक किशोरीलाई दुर्व्यवहार गरेको उजुरी प्रहरीमा पुगेको थियो। तर, प्रहरीले उजुरी नै लिन नमानेको पीडित किशोरीका परिवारको भनाइ छ।

साउन १२ गते कक्षा ११ पढ्ने एक किशोरीलाई हात समातेर तानेको तर किशोरी फूत्किएर घर पुगी आफन्तलाई सुनाएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा उजुरी लिएर पुगेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरी पनि घटना बारे जानकार देखिए। तर, उजुरी नै नलिने कारण भने खुलाएनन्।

‘अनुसन्धान चलिरहेको छ। बुझिरहेका छौँ,’ एसपी चौधरीले भने।

तर, प्रहरीले दिलीपसिंह विरुद्धको उजुरी निर्मला प्रकरणसँग जोडेर मात्र हेरिरहेको छ। अर्को किशोरीलाई दुर्व्यवहार गरेको उजुरी आउँदा पनि प्रहरीले अनुसन्धान गर्ने हिम्मत देखाएको छैन।

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा

शृङ्खला २२ : 'स्पाइरल अफ साइलेन्स' चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?

शृङ्खला २३ : अछामबाट 'पक्राउ परेका' दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?

शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी

शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 

शृङ्खला २६ : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति

शृङ्खला २७ : मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? 

शृङ्खला २८ : 'आन्दोलन नगरे ३५ लाख, मर्ने मार्ने गरी गरे सुविधा' : निर्मलाको नाममा घिनलाग्दो राजनीति  

शृङ्खला २९ : निर्मला र रमिलाको पीडा : कानुनको कठघरामा उभ्याउन होइन, चोख्याउन सघाइरहेको छ डिएनए रिपोर्ट 

समापन : निर्मला प्रकरण : यसरी गरियो रिपोर्टिङ, यस्तो रह्यो हाम्रो निष्कर्ष (शृङ्खला ३०)

 थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell