PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

थिमिमा रातभर नाचिरहे लायकू भैल:, तस्विरमा मध्यरातको उल्लास

थिमिमा रातभर नाचिरहे लायकू भैल:, तस्विरमा मध्यरातको उल्लास

समर्थ रञ्जित/पहिलोपोस्ट


भक्तपुर : शनिवार रातिदेखि मध्यपुर थिमि उल्लासमय भएको छ। कारण : रातभर चल्ने 'लायकू भैलः' नाच।

नेपालभाषामा लायकूको अर्थ दरबार र भैलः को अर्थ भैरव भन्ने हुन्छ। थिमिको दरबारको भैरवको नृत्य हेर्न रातभर मानिस जागा रहन्छन्।

४७ वर्ष रोकिएको सो नाच स्थानीयको सक्रियतामा केही वर्ष यतादेखि पुन: संचालनमा आएको हो। मध्यपुर थिमिको लायकूबाट निस्किने यो नाच आइतवार बालकुमारी, त:ननी क्षेत्रमा प्रदर्शन गरिएको थियो। तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच चार दिनसम्म प्रत्येक साँझदेखि राति अबेरसम्म विभिन्न टोलहरुमा प्रस्तुत गरिन्छ।

भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि साउन ३१ गते पञ्चमीसम्म मनाइने नाच संचालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिए।

पढ्नुस : लायकू भैल: कसरी रोकिएको थियो, कसरी ब्युँतियो यो मल्लकालीन तान्त्रिक नाच ?


यस नाचमा दुई जना भैलः, दाःगिं (कुमारी) दुई जना र ज्यापुग एक गरी पाँच देवगण सहभागी हुने गर्छन्। भैल:ले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गर्छन्। नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत हुने गर्छन्। त्यसपछि ज्यापुँगःले ताय् ले हानेर उनीहरूलाई शान्त बनाइन्छ। नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए।

यो नाचका लागि देवगणहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो। नाच संचालनका लागि आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell