PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित



पहिलोपोस्ट

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

मेलम्ची : पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्। प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्।

काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए। अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गरे।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिससकेका छन्। विसं २०७४ को निर्वाचनमा क्षेत्री नेकपा (एमाले)का तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित उनी गत फागुनमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ।

सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell