PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

काठमाडौं आइपुगे भारतका सेना प्रमुख मनोज पाण्डे

काठमाडौं आइपुगे भारतका सेना प्रमुख मनोज पाण्डे

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन्। पाँच दिने नेपाल भ्रमणका सिलसिलामा आज उनी काठमाडौं आएका हुन्।

नेपालमा रहँदा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी प्रदान गर्नेछिन्। सोमवार शीतल निवासमा पाण्डेलाई सो पदवी दिने कार्यक्रम तय भएको छ। भोलि नै उनी जंगी अड्डामा उनी रात्रीभोजमा सहभागी हुनेछन्।

नेपाल भ्रमणका क्रममा मंगलवार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्नेछन्। मंगलवार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै सगरमाथा आधार शिविर र नाम्चेको भ्रमण गर्नेछन्।

बुधवार भने पाण्डेले मौसम अनुकूल भए मुक्तिनाथको भ्रमण गर्ने जनाइएको छ। सोहीदिन उनी पोखरा मध्य-कमाण्ड हेडक्वाटरको भ्रमण गर्नेछन्। साथै, हनुमानढोका क्षेत्र दरबारको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

पाण्डे बिहीवार स्वदेश फर्किनेछन्। भारत सरकारले अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती गर्ने बताइसकेको अवस्थामा पाण्डेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

पढ्नुस : ‘गोर्खा’ सैनिकलाई ‘अग्निवीर’ बनाउन भारतको जोड, दिल्लीबाट ‘अग्निपथ’को कस्तो सन्देश लिएर आउँलान् भारतीय सेनापति?



ट्रेन्डिङ पोस्ट

Ncell