
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको भन्दै गुरुङलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतवार गुरुङ विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
शुक्रवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा पुगेका मन्त्रीलाई गुरुङले लाइनमा बस्न भनेपछि मन्त्री र सुरक्षागार्ड गुरुङबिच विवाद भएको थियो। त्यही विषयलाई लिएर मन्त्री श्रेष्ठको आदेशमा गुरुङलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको थियो। लाइनमा बस्नु भन्दैमा सुरक्षागार्डलाई पक्राउ गरेपछि मन्त्री श्रेष्ठको चौतर्फि आलोचना भएको छ।
त्यही क्रममा सोमवार बिहान सभापति लामिछानेले गुरुङलाई हिरासतमा भेट्न पुगेका हुन्। भेटको क्रममा गुरुङले आफूले कुनै पनि दुर्व्यवहार नगरेको बताएका थिए।
गुरुङलाई उदृत गर्दै लामिछानलेले फेसबुकमा लेखेका छन्, "गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि ड्युटी त गर्न पर्यो।'
'लाइन बस्नु' भन्दा सुरक्षागार्ड पक्राउ प्रकरण, मन्त्री श्रेष्ठ भन्छन् : 'आई नो', मन्त्रीसन्त्री मतलब छैन भनेर घच्चीमुच्ची गर्यो
टेलिफोन कुराकानीमा मन्त्री जीवनराज श्रेष्ठले भने अहिले बाहिर आएको जस्तो घटना त्यहाँ नभएको बताए। आफूलाई गार्डले दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठको दाबी छ।
'म समयमा नै पुगेको थिएँ। म भन्दा अगाडि मेरो सेक्युरिटी त्यसपछि म र श्रीमती लाइनमा नै बसेका थियौँ। खासै भीड पनि थिएन। तर, एउटा गार्ड एक्कासी ठेलमठेल गर्दै लाइनमा लाइनमा भन्दै आयो,' मन्त्री श्रेष्ठले भने।