PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

अर्थमन्त्री शर्मालाई प्रचण्डको जवाफ : जनार्दनको रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ



पहिलोपोस्ट

अर्थमन्त्री शर्मालाई प्रचण्डको जवाफ : जनार्दनको रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताएका छन्। बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टीमा राम्रो उत्तराधिकारीहरु तयार गर्न आफू लागेको बताएका हुन्।

कार्यक्रममा जनार्दन शर्माले आफू प्रचण्डको आलोचक भएकैले आलोचना गर्ने बताएका थिए। अर्थमन्त्री समेत रहेका शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गरेका थिए। संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्दै शर्माले आजको सम्बोधनमा नेतृत्व र नीति वकालत गरेका थिए।

पढ्नुस : चाकडीले नेतृत्वको रक्षा नहुने भन्दै प्रचण्डविरुद्ध खनिए जनार्दन शर्मा, भने : प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु

प्रचण्डले जनार्दनलाई जवाफ दिँदै भने, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा। म तपाईहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भुमिका हो। उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि। म त जनयुद्धको तयारीको पनि नेतृत्व गरें। जनयुद्धको पनि नेतृत्व गरें। संविधानसभाको पनि नेतृत्व गरें। संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें,' उनले भने।

जनार्दनलाई जवाफ दिइसकेपछि प्रचण्डले उत्तराधिकारीको प्रसंग उठाएका हुन्।

भने, 'मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त, राम्रो उत्तराधिकारीहरु तयार हुन्। तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन्। तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडी बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढुन्। हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन्। यही मेरो सपना छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell