PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

समानुपातिकबाट उम्मेदवार बन्ने तयारीमा आरजु राणा



पहिलोपोस्ट

समानुपातिकबाट उम्मेदवार बन्ने तयारीमा आरजु राणा

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई डडेलधुराबाट समानुपातिकबाट उम्मेदवार बन्ने भएकी छिन्। विभिन्न पाँच प्रतिनिधिसभा क्षेत्रबाट उम्मेदवारका लागि सिफारिसमा परेकी उनले खस आर्यतर्फ समानुपातिकमा बस्ने तयारी गरेकी हुन्।

उनी बाँके बार्दियादेखि वाग्लुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी थिइन् आरजुको निर्वाचन क्षेत्र कैलाली ५ हो। यहीबाट उनी गत निर्वाचनमा नारदमुनि रानासँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा रानाले २७,२०२ मत प्राप्त गर्दा भने आरजुले २२,३२२ मत प्राप्त गरेकी थिइन्।।

पढ्नुस : कांग्रेसमा बढ्दो आरजु राणा मोह, बाँके बर्दियादेखि वाग्लुङसम्म उम्मेदवारका लागि सिफारिस

आरजुसँगै विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिबाट लड्ने भएका छन्।

नेपाली कांग्रेसले आजै निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell