PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी



पहिलोपोस्ट

गोठाटार गोली प्रकरणः घाइते हुने सर्लाहीका लाल मोहम्मद दर्जी

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली  प्रहार भएको खुलेको छ। 

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा साँझ चार राउण्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको छ। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ। गोली कसले चलायो भन्ने खुलेको छैन। गोली प्रहार गरेपछि फरार रहेका व्यक्तिको खोजी भइरहेको छ। मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएको खुलेको छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

काठमाडौंको गोठाटारमा गोली चल्यो, एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell