PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

युवा संघलाई काउन्टर दिँदै अखिल क्रान्तिकारीले जलायो राष्ट्रपतिको पुतला, संविधानमाथि कू गरेको भन्दै नाराबाजी

युवा संघलाई काउन्टर दिँदै अखिल क्रान्तिकारीले जलायो राष्ट्रपतिको पुतला, संविधानमाथि कू गरेको भन्दै नाराबाजी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनीहरुले मीनभवनस्थित नेपाल कर्मस क्याम्पसमा प्रदर्शन गरेको हुन्।

क्याम्पस परिसरबाटै भण्डारीको तस्विर राखेर पुतला जलाउँदै विद्यार्थीहरु सडकमा ओर्लिएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको थियो।

भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि कू गरेको भन्दै उनीहरुले नाराबाजी पनि गरेका थिए।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनको आलोचना भइरहेको छ। सत्तारुढ गठबन्धनले राष्ट्रपतिको उक्त कदमले संविधानमाथि नै प्रहार भएको निर्ष्कर्ष निकालेको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपतिको कदमको आलोचना गरेका छन्।

गठबन्धनका दलहरु राष्ट्रपतिको विरोधमा उत्रिँदा विपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले भने राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ। आजै राष्ट्रपतिको कदमलाई स्वागत गर्ने भन्दै उनीहरुले सत्तारुढ गठबन्धनको विरोध गरेका थिए।

तस्विर समाचार : गठबन्धनलाई 'लेन्डुप दोर्जे' भन्दै राष्ट्रपति भण्डारीको समर्थनमा सडकमा उत्रियो युवा संघ



ट्रेन्डिङ पोस्ट

Ncell