PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

एमाले प्रवेश गर्दै पूर्व आइजी खनालले ओलीलाई दिए राजनेताको संज्ञा, 'उहाँको नेतृत्वमा सरकार बने देशले उपलब्धि हासिल गर्छ'



पहिलोपोस्ट

एमाले प्रवेश गर्दै पूर्व आइजी खनालले ओलीलाई दिए राजनेताको संज्ञा, 'उहाँको नेतृत्वमा सरकार बने देशले उपलब्धि हासिल गर्छ'

काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश  गरेका छन्।  काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर खनाललाई पार्टी प्रवेश गराएका हुन्।। खनाल ढाका टोपीमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए।

पार्टी प्रवेशपछि खनालले अध्यक्ष ओलीलाई राजनेताको संज्ञा दिंदै ओलीका हरेक कदमहरु सकारात्मक भएकाले आफू पनि देश र जनताको सेवा गर्न एमाले प्रवेश गरेको बताए। ओलीले सरकारको नेतृत्व गर्दा भुमिगत सशस्त्र समूह सिके राउत र नेत्र विक्रम चन्द विप्लप समूहलाई राजनीतिमा ल्याएर शान्ति तथा अमनचयन कायम गरेको भन्दै  उनलेओलीको प्रसंशासमेत गरेका थिए।

त्यस्तै, विकास निर्माणको क्रममा पनि एमाले प्रतिवद्ध भएको उनको तर्क थियो।

यो पनि : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत

खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्। खनाल एमाले नेता महेश बस्नेत र किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए। तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए।

पूर्वआइजी खनालले आगमी निर्वाचनमा एमालेलाई जिताएर अध्यक्ष ‌ओलीको नेतृत्वमा सरकार गठन गर्न सकेको खण्डमा राष्ट्रले उपलब्धि हासिल गर्ने बताए।

खनाल २०७४ चैत २७ गते २६ औं आइजीका रुपमा नियुक्त भएका थिए। २०७६ माघ २८ गते उनले अवकास पाएका थिए। त्यसो करीब तीन वर्षपछि उनी राजनितक दलमा आवद् भएका छन्।

त्यतिबेला ओली नेतृत्वको सरकार रहेको थियो। यद्यपि समाजवादी फुटाउन ओली सफल रहे। नेकपा एमालेले यसाअघि नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालाई पनि पार्टी प्रवेश गराएर टिकट दिएको थियो। सिलवाल ललितपुर क्षेत्रबाट सांसद समेत बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell