PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

हक्की खेलाडीले पाएनन् जर्सी : खेलको तालिका सरेको सर्‍यै, खेलाडी अलपत्र



रिना थापा

हक्की खेलाडीले पाएनन् जर्सी : खेलको तालिका सरेको सर्‍यै, खेलाडी अलपत्र

पोखरा : ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्की खेल सुरु हुने भनिएको थियो। तर खेलका आवश्यक तयारी नहुँदा खेल अनिश्चित बनेको छ। आज हुने खेलको लागि मैदान भने बुधवारबाट मात्रै तयार गर्न सुरु गरिएको थियो।

मैदानको तयारी तथा अन्य व्यवस्थापन समयै नभएपछि बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल साढे ९ बजेलाई सारिएको थियो। तर, खेलाडीले जर्सी नपाएपछि खेलको तालिका पुन: दिउँसो १ बजेको लागि सारिएको छ। खेलाडीलाई जर्सी साढे ११ बजे उपलब्ध गराइने भनिएको छ।

पढ्नुस : आजै हुने पुरुष हक्कीको मैदानमा अझै घाँस काट्ने काम जारी, व्यवस्थापन ढिलो हुँदा अनिश्चित बन्यो खेल

नेपाल हक्की एसोसिएसनका प्रतियोगिता निर्देशक अशिम शर्माका अनुसार खेलाडीलाई जर्सी उपलब्ध नहुँदा खेल रोकिएको हो।

'खेलाडीले जर्सी पाउनुभएको छैन। हामी जर्सी साढे ११ बजे दिन्छु भन्नुभएको छ। जर्सी पाएपछि मैदानमा लैजान्छौं खेलाडी। सुरुमा वार्मअप गरेर १ बजेपछि खेल सुरु हुन्छ,' उनले भने।

आज महिला हक्कीतर्फ उद्घाटन खेल सुदूरपश्चिम र वाग्मती प्रदे बिच हुँदै थियो। त्यस्तै दोस्रो खेल गण्डकी र प्रदेश १ बिच हुने तय भएको थियो।

गण्डकीका टिम आफ्नो खेल तालिका ९:३० को रहेको हुनाले समयमा नै खेलस्थल गण्डकी बोर्डिङ स्कुल आइपुगेको थिए। तर, खेल सुरु भएन। जसकारण गण्डकीका खेलाडी खेलस्थल बाहिर अलपत्र परेका छन्।

'हाम्रो खेल बिहान हुने भनेको अझै भएन। ओपोनेन्ट टिमले जर्सी पाएन रे! त्यही भएर के हो के बिहान देखि यसरी राखेको छ। मतलब पनि छैन। हामीलाई दिएको जर्सी पनि नमिल्दो छ,' एक महिला खेलाडीले आक्रोसित हुँदै भनिन्,'हिजो राती मात्र हाम्रो लागि जर्सी ट्रयाक सुट आएको थियो सबै एकै साइजको कसैलाई मिल्दैन। हामीले पहिला संघले दिएको जर्सी लगाएर खेल्दै छौं'।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell