PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

रफ्तारमा काम गर्न प्रदीपले खोजे युवाको साथ र योजना



पहिलोपोस्ट

रफ्तारमा काम गर्न प्रदीपले खोजे युवाको साथ र योजना
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले आफू राजनीति सफा गर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। बुधवार चुनाव केन्द्रीत भिडियो सन्देश जारी गर्दै पौडेलले काठमाडौं ५ देशकै एना भएको उल्लेख गर्दै राजधानी सफा गर्ने प्रतिबद्धतासमेत जनाए।

'काठमाडौंलाई विकासमात्र होइन व्यवस्थित विकास आवस्यक छ। पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो। यसैगरी राजनीतिक निष्ठा र इमान्दारिता माथि उठेका प्रश्न र राजनीति प्रति घट्दै गएको विश्वाशले आम निरासा छाएको छ,' पौडेलले भिडियो सन्देशमा भनेका छन्, 'त्यस कारण मेरो संकल्प छ –म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु।'

पौडेलले आफू युवाले चाहेको स्पिडमा काम गर्न तयार रहेकोसमेत बताएका छन्। यसका लागि युवाको साथ र योजना आवश्यक रहेकोसमेत उनले बताए। 'म क्याफेमा बसेर चिया कफी पिउँदै गर्दा तपाईहरुको सम्वाद सुनेको छु। तपाईंको बोली चलीमा ब्रदर शब्दलाई ब्रो मात्रै भन्दै गरेको सुन्दा म सोच्छु – ब्रो मात्रै ले भाव बुझिन्छ भने 'टिएचइर' किन जोडिरहनु? टिएचइर भन्दै गर्दा अलिक बढी समय लाग्छ भने किन त्यति लामो शब्द प्रयोग गरिरहनु। यसबाट मैले के सिकेको छु भने – आजको पुस्ता फास्ट एण्ड फर्वाड छ,' भिडियो सन्देशमा उनले भनेका छन्, 'ऊ हरेक काम चाँडो होस्, स्पीडमा होस्, अनावस्यक झन्झट बेर्होनु नपरोस भन्ने चाहन्छ। हामी जस्ता राजनीतिक दलले अब भाषण मात्र होइन, देखिने, सुनिने र बुझिने गरी परीणाम मुखी काम गर्न जरुरी छ। त्यसैले, युवा साथीहरु हामी तपाईंले खोजेको स्पीडमा काम गर्न तपाईंको साथ सहयोग र योजना चाहन्छौं।'

राजनीतिक भाग्य अजमाउन काठमाडौं ५ मा प्रदीपको उडान, ईश्वरसँगको ‘ब्याटल’मा कस्तो होला अवतरण?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell