काठमाडौं : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्मृतिमा आज वसन्तपुरमा 'लुमन्ति मुँज्या' आयोजना गरियो। नेवा: देय् दबुको संयोजनमा भएको कार्यक्रममा विभिन्न खल:, पुच: हरुको सहभागिता थियो।
कार्यक्रममा उपस्थित वक्ताहरुले जोशीको योगदानबारे आआफ्नो धारणा राखेका थिए।
जोशीको असोज ३० गते ललितपुरस्थित किस्ट अस्पतालमा निधन भएको थियो। १०३ वर्षको उमेरमा निधन भएका जोशीले नेपाली र नेपालभाषामा विभिन्न काव्यहरु लेखेका थिए।
पढ्नुस : राधादेवीले परिवारका लागि त्याग गरिन्, सत्यमोहनले लोक संस्कृतिका लागि...