PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

नडराएका ऋषि सुनक : सफल होलान् बेलायतलाई 'एक्सन'ले एकतामा बाँध्न ?



पहिलोपोस्ट

नडराएका ऋषि सुनक : सफल होलान् बेलायतलाई 'एक्सन'ले एकतामा बाँध्न ?
Photo : NBC NEWS

बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्स तृतीयले मंगलवार पहिलोपटक नयाँ प्रधानमन्त्री नियुक्त गरे। आर्थिक संकटको मुद्दा र कन्जर्भेटिभ पार्टी भित्रको अस्थीरता कारण ५० दिनमा बेलायतले ३ जना प्रधानमन्त्री पायो। त्यसकारण राजा चार्ल्सले गद्दी सम्हालेको केहीसमयमा नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने अवसर पाए।

बकिङ्घम दरबारमा राजा चार्ल्ससँगको भेटपछि ऋषि सुनक प्रधानमन्त्रीका रुपमा टेन डाउनिङ स्ट्रिट अफिस पुगे। त्यहाँ उनले प्रधानमन्त्रीका रुपमा पहिलो सम्बोधन गरे।

'अहिले हाम्रो देशले आर्थिक संकट ब्यहोरिरहेको छ। कोभिड १९ पछिको असरले हामीलाई छोडेको छैन।' त्यसक्रममा उनले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निसाना बनाए। उनले युक्रेनमा भएको आक्रमणका कारण विश्वभर ने असर परेको बताए।

पढ्नुस : भारतीय मूलका ऋषि सुनक कसरी पुगे बेलायतको प्रधानमन्त्री पदसम्म?

आर्थिक नीतिका कारण असफल भएर ४५ दिनमै लिज ट्रसले राजीनामा दिएपछि सुनक प्रधानमन्त्री भएका हुन्। सम्बोधनका क्रमा सुनकले ट्रसले आफ्नो कार्यकालमा आर्थिक व्यवस्था बलियो बनाउन प्रयास गरे पनि केही गल्ती भएको बताए।

'म मेरो पार्टीको नेता र तपाईंहरुको प्रधानमन्त्री निर्वाचित भएको छु। अब बिग्रिएका कुराहरु समाधान गर्नुछ,' सुनकले भने।

बेलायतको आर्थिक अवस्थालाई स्थिर बनाउनु नै आफ्नो सरकारको मुख्य एजेन्डा भएको उनले बताएका छन्।

'त्यसका लागि आउने दिनम केही गाह्रो निर्णयहरु लिनुपर्नेछ,' उनले चेतावनी दिँदै भनेका छन्। कोरोना भाइरस महामारीको बेला सुनक बोरिस जोनसन नेतृत्वको सरकारमा अर्थमन्त्री थिए। महामारीको समयमा सुनकले बेलायतको अर्थव्यवस्थाको व्यवस्थापन राम्रारी गरेको बताइन्छ। तिनै सुनकको राजीनामा पश्चात नै बोरिस सरकार ढलमल भएको थियो।

सुनकले बेलायतलाई 'एक्सन'ले एकतामा बाँध्न आफूले प्रयास गर्ने बताएका छन्।

'म हाम्रो देशलाई शब्दले होइन, कामले एकजुट गर्नेछु। म दिनरात काम गर्नेछु। यो सरकारमा हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुनेछ,' उनले भने।

गाह्रो अवस्थामा प्रधानमन्त्री नियुक्त भइरहँदा आफू भित्र डर नरहेको उनले बताएका छन्। जनतामाझ सरकारप्रति विश्वास कायम गर्न लाग्नुपर्ने आफूले महसुस गरेको उनले बताएका छन्।

'म यत्ति भन्न सक्छु कि म डराएको छैन। मैले स्वीकार गरेको प्रधानमन्त्री पदबारे मलाई थाहा छ। म आशावादी छु,' उनले भनेका छन्, ' म आज हाम्रो देशको नेतृत्व गर्न यहाँ खडा छु। आफ्नो आवश्यकतालाई राजनीतिभन्दा माथि राखेर, मेरो पार्टीको उत्कृष्ट परम्परालाई प्रतिनिधित्व गर्ने सरकार बनाउन र निर्माण गर्न म लाग्नेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell