PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट एक जनाको मृत्यु

कैलाली : बाजुरामा मतदानको विषयमा भएको विवादका क्रममा झडप हुँदा थप एक युवकको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का स्थानीय तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यु भएको हो।

आइतवार मतदानको विषयमा वडा नम्बर ७ को नाट्यश्वरी आधारभूत विद्यालयको मतदान स्थलमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबिच दिनभर झडप भएको थियो। सोही विवादका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर कांग्रेस निकट स्थानीय युवा सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको थियो

उक्त घटनापछि आक्रोशित बनेका कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गर्दा चेतन ऐडीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला रावलले जानकारी दिए।

‘चेतनको घर नजिकै झडप भएको भन्ने अहिलेसम्म खुल्न आएको छ’, उनले भने, ‘करिब साढे ५ बजेतिर हिजोको पहिलो घटना घटिसकेपछि आक्रोशित बनेका स्थानीयले आक्रमण गरेपछि भएको झडपमा उनी घाइते भएका र उपचारका लागि अछामको बयलपाटा अस्पताल ल्याइएकोमा त्यही मृत्यु भएको छ।’

घटनाबारे थप बुझ्न प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलमै रहेको रावलको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell