PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रतिनिधि सभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित, प्रदेश 'क' मा कांग्रेसकै मुनिन्द्रजंग



नेत्र तामाङ

प्रतिनिधि सभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित, प्रदेश 'क' मा कांग्रेसकै मुनिन्द्रजंग

काठमाडौं : मनाङमा नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन्। गुरुङ निर्वाचित भए पनि औपचारिक परिणाम भने आइसकेको छैन। कांग्रेस जिल्ला सभापति शंकर गुरुङले टेकबहादुरको जित भइसकेको बताए।

'कांग्रेसको जित भइसक्यो। अब घोषणा हुनमात्र बाँकी हो,' सभापति गुरुङले भने। प्रमुख जिल्ला निर्वाचन अधिकृत उत्तम सिलवालले मतपरिणाम घोषणा केहीबेरमै हुने बताए। 'अहिले रुखको २११८ र सूर्यको १९२९ मत छ। केहीबेरमा परिणाम घोषणा हुन्छ। गन्ने मत धेरै बाँकी छैन,' उनले भने।

मनाङको प्रदेश क मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ

प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङ 'क' बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्। गुरुङले १२५५ मत पाउँदा एमालेका राजन गुरुङले ९२५ मत पाएको प्रमुख जिल्ला निर्वाचन अधिकृत सिलवालले बताए। यो सँगै कांग्रेसले ३ प्रदेशमा जिते निकालेको छ। यसअघि कांग्रेसले मुस्ताङको दुबै प्रदेश सभामा जित निकालेको थियो। मनाङ ‘ख’मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत भइसकेका छन्। 

मुस्ताङमा कांग्रेसको क्लिन स्विप : प्रतिनिधिसभामा योगेश जित्दा प्रदेशको दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell