
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ 'क' मा हाम्रो नेपाल पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन्। स्थापित दलहरुका उम्मेदवारहरुलाई पराजित गर्दै शैलेन्द्रमान जितेका हुन्।
लौरो चुनाव चिह्नमा लडेका उनले ५ हजार ४६२ मत पाएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राजेश शाक्यले ३ हजार ८१० मत, नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारबहादुर धमालाले २ हजार ९५५ र आँखिझ्याल चुनाव चिह्नमा स्वतन्त्र लडेका विजयकुमार मानन्धरले १ हजार १२७ मत प्राप्त गरेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यो प्रदेशसभा क्षेत्रबाट एमालेका राजेशकाजी शाक्य निर्वाचित भएका थिए।
यो क्षेत्रबाट हाम्रो नेपाल पार्टीबाट सुमन सायमिले प्रतिनिधिसभा निर्वाचन लडिरहेका छन्। प्रतिनिधिसभातर्फ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिइरहेक छन्।
सम्बन्धित समाचार : काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको अग्रता कायमै
*मतगणनाको परिणाम अपडेट गरिएको