PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

‘मिलेन लेभल’ भन्दै देउवासँग भिड्ने हाँक दिएका महेशलाई दुर्लभले लडाए चुनावी ‘ब्याटल’मा



पहिलोपोस्ट

‘मिलेन लेभल’ भन्दै देउवासँग भिड्ने हाँक दिएका महेशलाई दुर्लभले लडाए चुनावी ‘ब्याटल’मा

काठमाडौं : कुनै बेला एमाले नेता महेश बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै हराइदिने हाँक दिएका थिए। यही विषय सुनाउँदा भक्तपुरका कांग्रेस सभापति दुर्लभ थापाले देउवाबाट खप्की खाएका थिए।

अघिल्लो भदौ १८ गते पार्टीको वडा अधिवेशन उद्घाटन गर्न भक्तपुरको सुर्यविनायक वडा ५ को कटुञ्जेमा पुगेका देउवालाई थापाले बस्नेतको हाँक सुनाएका थिए। ‘तपाईं चुनाव लडेपनि हराउने भनिरा’छ त महेश बस्नेतले। तपाईंलाई यहाँ चुनाव लड्न चुनौती दिएका छन्,' त्यतिबेला थापाले भनेका थिए।

लगत्तै देउवा झोक्किएका थिए त्यतिबेला, ‘झुट बोल्ने तपाईँ! सबै न्युजमा जान्छ भोलि यहाँ!’ त्यतिबेला देउवाले यस्तो कुरा भाषणमा भन्न नहुने भन्दै सम्झाएका थिए दुर्लभलाई।

एमाले सत्ताबाट बाहिरिएको झोंकमा बस्नेतले देउवालाई भक्तपुरमा आफूसँग चुनाव लड्न आउन चुनौति दिएका थिए।

त्यही कार्यक्रममा देउवाले आफूसँग नभई दुलर्भलाई निर्वाचनमा हराएर देखाउन बस्नेतलाई चुनौती दिएका थिए। ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव जित्छु भन्छन्। पहिले दुलर्भ थापालाई हराएर देखाउनुस्,’ देउवाले भनेका थिए।

निर्वाचनमा देउवाले थापालाई नै टिकट दिएर पठाए। महेशले विकासमा राम्रै गरेको भन्दै कतिपयले उनको जित सुनिश्चित हुने दाबी गरेका थिए।

दुबैले जितको लागि घरदैलो र कोणसभा गरे। चुनावी भाषणहरुमा दुर्लभ र महेशको ब्याटल चल्यो। महेशले र्‍यापर जि बबले गाएको गीत साभार गर्दै दुर्लभको लेभल नै नमिलेको बताउन थाले।

‘लेभल मिलेन बाउ बोला ए, अब बाउ हैन हजुरबा बोला ए,’ एक चुनावी भाषणमा महेशले भने। उनको यो भाषणको उत्तर दुर्लभले भाषणबाटै दिए र सोधे – प्रध्यापक डा रामबहादुर थापाको छोरासँग लेभल कसरी मिल्छ?

निर्वाचनअघि यसरी भाषणबाजीमा उत्रिएका महेश चुनावी ब्याटलमा भने पराजित भएका छन्।

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम बिहीवार बिहान जारी भएको छ। जसअनुसार २४ हजार २३९ मत ल्याउँदै थापा निर्वाचित भएका छन्। देउवा र दुर्लभलाई हाँक दिएका बस्नेतले भने २३ हजार २८२ मत पाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell