PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसका सांसद र जनप्रतिनिधिसहित देउवालाई भेट्न पुगे प्रकाशमान, मेलम्चीको पानी माग्दै दिए गर्नुपर्ने कामको लिस्ट



पहिलोपोस्ट

कांग्रेसका सांसद र जनप्रतिनिधिसहित देउवालाई भेट्न पुगे प्रकाशमान, मेलम्चीको पानी माग्दै दिए गर्नुपर्ने कामको लिस्ट

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्चीको भविष्य अझै अन्योलमा रहेको भन्दे सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालिन रुपमा अघि बढाउनुपर्ने बताएका हुन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंहसहित काठमाडौंबाट निर्वाचित अन्य सांसद र जनप्रतिनिधिहरु आज प्रधानमन्त्री कार्यालय पुगेका थिए। सोही कार्यक्रममा सिंहले सबै सांसदको तर्फबाट देउवालाई ९ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएका थिए।

ज्ञापनपत्रमा मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको रहेकोसमेत उल्लेख छ। सिंह केहीदिन अघि मेलम्चीको मुहानसम्म पुगेर स्थलगत अवलोकनमा पुगेका थिए। त्यसबेला उनलाई आयोजनाका बाधाका साथै कर्मचारीहरुले आन्दोलन गर्ने तयारी गरेको बारे ब्रिफिङ गरिएको थियो। देउवासँगको भेटका क्रममा प्रकाशमान सिंहले ती विषयहरुको पनि उठान गरेका थिए।  

'केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं। तत्काल कर्मचारीको माग सम्बोधन गरि पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौं,' ध्यानाकर्षणमा भनिएको छ। 

सिंह नेतृत्वको प्रतिनिधिमण्डले बुझाएको ध्यानाकर्षणपत्रमा के छ ?

तत्काल गर्नुपर्ने काम

१. आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने।

२.मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने।

३.सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने।

४.वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने।

५ कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ।

दीर्घकालीन रूपमा गर्नुपर्ने

१.बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने।

२. अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुपर्ने।

३.मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने।

४. मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell