PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वसन्तुपरमा यस्तो देखियो य:मरि पुन्हि र ज्यापु दिवसको रौनक

वसन्तुपरमा यस्तो देखियो य:मरि पुन्हि र ज्यापु दिवसको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज य:मरि पुन्हि। आजको दिनलाई ज्यापु दिवसको रुपमा समेत मनाउने गरिन्छ। यस अवसरमा वसन्तपुर दरबार क्षेत्रमा आज सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

बिहान सांस्कृतिक र्‍याली निकालेर ज्यापु समुदायले भित्रि बस्ती परिक्रमा गरेका थिए। त्यसपछि वसन्तुपरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। र्‍यालीको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन्।

कृषि कर्ममा लाग्दै आएका नेवार भित्रको ज्यापु समुदायले हरेक वर्ष य:मरि पुन्हिका दिन संस्कृतिक कार्यक्रम गर्दै आएको छ।

वसन्तपुरमा आयोजित कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उनले नेपालको कृषि क्षेत्रको उत्थानमा ज्यापु समुदायको योगदान महत्वपूर्ण रहेको बताए।

सम्बन्धित समाचार :

कसरी आविस्कार भएको थियो य:मरि? व्यावसायीकरणको मार थपिँदा ‘क्रन्ची’ पनि?

 य:मरि बारे दुई तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ



ट्रेन्डिङ पोस्ट

Ncell