PahiloPost

May 18, 2025 | ५ जेठ २०८२

कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी



पहिलोपोस्ट

कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं : समानुपातिक सांसदको नाम फाइनल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा समितिको बैठक शुरु भएको हो।

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ। जसमध्ये २९ महिला र ३ पुरुष पठाउनुपर्नेछ। ३ जना पुरुषको नाम पठाउन भने कांग्रेसलाई सकस परेको छ।

खस आर्यबाट प्रवक्तासमेत रहेका डा प्रकाशशरण महत सूचीको नम्बर एकमा छन्। यसैगरी मधेसी कोटाबाट नम्बर एकमा विमलेन्द्र निधि छन्। यता जनजातिबाट गोपालमान श्रेष्ठ नम्बर एकमा रहेका छन्। जनजाति कोटाबाट सहमहामन्त्रीसमेत रहेका जीवन परियार पहिलो नम्बरमा छन्। यसैगरी मुस्लिमबाट सहमहामन्त्रीसमेत रहेका फरमुल्लाह मन्सुर पहिलो नम्बरमा छन् भने थारु क्लस्टरबाट योगेन्द्र चौधरी नम्बर वानमा रहेका छन्। यी ६ मध्येबाट तीन जना छान्न कांग्रेसलाई सकस परेकोले बैठक केहीबेर लम्बिने बताइएको छ।    

कांग्रेसले समानुपातिकमा को-को पठाउँदैछ तीन जना पुरुष?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell