PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

विश्व शारीरिक सुगठनमा महिलातर्फ श्वेतालाई रजत



पहिलोपोस्ट

विश्व शारीरिक सुगठनमा महिलातर्फ श्वेतालाई रजत

काठमाडौं : थाइल्यान्डको फुकेटमा जारी विश्व शारीरिक सुगठन प्रतियोगितामा श्वेता कपालीले रजत पदक हात पारेकी छिन्। १३ औं वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपको फिजिक्स विधामा कपालीले रजत हात पारेकी हुन्।

४४ राष्ट्रले भाग लिएको यस प्रतियोगितामा प्रि-जजिङ राउन्डमा श्वेताको समूहमा १० जना प्रतिस्पर्धामा उत्रिएका थिए। थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघको आयोजना भएको च्याम्पियनसीपको यस समूहमा हङकङकी तु सुयत यानले स्वर्ण जितिन्।

शुक्रवारमात्र फिजिक्स स्पोर्ट्स च्याम्पियनसीपको ६५ केजीतर्फ प्रज्वलमान शाक्यले कांस्य पदक जितेका थिए। संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा थाइल्यान्ड गएको टोलीमा निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ छन् भने प्रशिक्षकमा विश्व शारीरिक सुगठनका रजत पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell