PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मधु आचार्य, गणेश लामा र महेश खरेललाई काभ्रे कांग्रेसले गर्‍यो कारबाही, बादेलाई सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

मधु आचार्य, गणेश लामा र महेश खरेललाई काभ्रे कांग्रेसले गर्‍यो कारबाही, बादेलाई सोध्यो स्पष्टीकरण

काठमाडौंः चुनावमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक क्षेत्रीय सभापतिलाई कारबाही गरेको छ। प्रतिनिधि सभाका उम्मेदवार शिव हुमागाईँलाई अन्तर्घात गरेर हराएको भन्दै जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई कारबाही गरेको हो। यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई पनि जिल्ला कार्यसमितिले कारबाही गरेको छ।

काभ्रे २ मा गठबन्धनका उम्मेदवार हुमागाईं एमालेका गोकुल बास्कोटासँग पराजित भएका थिए। 

पढ्नुस्ः बालुवाटारको जित्ने सूचीमा थिए हुमागाईं, प्रदेशमा गठबन्धनले जित्दा कसरी पराजित बने गोकुलसँग?

जिल्ला कार्यसमितिले उनीहरुको पदीय जिम्मेवारी खोस्ने निर्णय गरेको हो। तत्काल प्राप्त प्रमाणका आधारमा आचार्य, लामा र खरेललाई कारबाही गर्ने निर्णय जिल्ला कार्यसमितिले गरेको हो।

जिल्ला कार्यसमितिको निर्णय केन्द्रीय अनुशासन कमिटीलाई पठाउने निर्णय गरेको सभापति तीर्थ लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै, वाग्मती प्रदेश सभाका निर्वाचित सदस्य कञ्चनचन्द्र बादेलाई स्पष्टीकरण सोधिएको छ।। बनेपा नगरपालिकामा प्रदेश सभामा भन्दा प्रतिनिधि सभाका उम्मेदवारलाई कम मत पाएको विषयमा बादेलाई स्पष्टीकरण सोधिएको विज्ञप्तिमा उल्लेख छ।

चुनावमा भएको अन्तर्घातबारे केन्द्रमा सिफारिस गर्न कांग्रेसले मंसिर १८ गते मातहतका कार्यसमितिलाई परिपत्र गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell