PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वाग्मतीकी निवर्तमान मन्त्री मोक्तानले फिर्ता गरिन् सरकारी गाडी



पहिलोपोस्ट

वाग्मतीकी निवर्तमान मन्त्री मोक्तानले फिर्ता गरिन् सरकारी गाडी

हेटौंडा : वाग्मती प्रदेशकी निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारी गाडी फिर्ता गरेकी छन्। पदमुक्त भएपछि पनि नम्बर प्लेट मोडिफाइ गरी प्रयोगमा ल्याएको गाडी बुधवार साँझ फिर्ता गरेकी हुन्।

वाग्मती प्रदेश ३००१ झ ००७७ मन्त्री हुँदा रातो र निलो ब्याकग्राउन्ड भएको नम्बर प्लेटलाई उनले सेतो बनाएर सार्वजनिक बिदामा समेत प्रयोगमा ल्याएकी थिइन्। बुधवार पृथ्वी जयन्तीका क्रममा मोक्तान घरदेखि हेटौंडास्थित पार्टी अफिसमा उक्त गाडीमा हुइकिँदै पुगेकी थिइन्।

त्यही सवारी हुँदै मोक्तान काठमाडौंसमेत पुगेकी थिइन्।

पदमुक्त भइसके पनि मोक्तानले बिदामा पनि सरकारी गाडी प्रयोग गरेको समाचार पहिलोपोस्टमा प्रकाशित भएको थियो।


पदमुक्त भइसकेकी मन्त्रीको गाडी नम्बर प्लेट ‘मोडिफाइ’, सरकारी गाडी चढेर बिदामै ‘होम टु पार्टी अफिस’


लगत्तै मोक्तानले बुधवार साँझै गाडी फिर्ता गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरी भण्डारीले बताए। मन्त्रालयले गाडी काठमाडौंबाट ल्याएको बताइएको छ। यद्यपि, मन्त्रालयले भने मन्त्रीले फिर्ता दिएपछि ल्याएको जनाएको छ।

‘उहाँको गाडी हामीले हिजो साँझै काठमाडौंबाट मन्त्रालय ल्याइसकेका छौं’, भण्डारीले भने, ‘उहाँले गाडी हामीलाई फिर्ता गरिसक्नुभो।’

निवर्तमान मन्त्री मोक्तानले केही दिनको लागि गाडी मागेपछि दिएको भण्डारीको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell