PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

निर्मला कुर्मी मृत्यु प्रकरण : माइतीघर पुगेका गृहमन्त्री लामिछानेलाई अधिकारकर्मीको जवाफ, 'न्याय नपाएसम्म हामी जाँदैनौ'



पहिलोपोस्ट

निर्मला कुर्मी मृत्यु प्रकरण : माइतीघर पुगेका गृहमन्त्री लामिछानेलाई अधिकारकर्मीको जवाफ, 'न्याय नपाएसम्म हामी जाँदैनौ'

काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मीसहितको समूह माइतीघरमा धर्ना बसेको १७ दिन पुग्यो। १७ औं दिनमा गृहमन्त्री रवि लामिछाने माइतीघर पुगे।

शनिवार दिउँसो माइतीघर पुगेका गृहमन्त्री लामिछानेले प्रक्रिया पुर्‍याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय दिलाउने वचन दिए। लामिछानेले अनसन तोड्न र आफ्नो गाउँ फर्कनसमेत आग्रह गरे। तर धर्ना दिइरहेकी महिला अधिकारकर्मी रुबि खानले जवाफ फर्काइन् - न्याय नपाएसम्म हामी जाँदैनौ।

गृहमन्त्री लामिछानेले अनसन नछोड्ने हो भने आफू पनि माइतीघरमा आउनुपर्ने बताए। ‘त्यसो भए म पनि बस्छु। मलाई पनि ठाउँ राख्दिनुस्,’ लामिछानेले भने।

खानले भने गृहमन्त्रीले सिंहदरबारबाट प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै माग पुरा नभएसम्म आफूहरु माइतीघरमै धर्नामा बस्ने जवाफ फर्काइन्। आफ्नो भनाईमा आन्दोलनकारी आश्वस्त नभएपछि दलबलसहित पुगेका गृहमन्त्री लामिछाने फर्किए। कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मीसहितको समूहले पुस १४ गतेदेखि हरेकदिन माइतीघरमा धर्ना दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell