PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सभामुखमा जितहारबारे सोध्दा इश्वरीको उल्टै प्रश्न : शुरुमै त्यस्तो सोध्नुभएको चाँहि महिला भएर हो कि?



पहिलोपोस्ट

सभामुखमा जितहारबारे सोध्दा इश्वरीको उल्टै प्रश्न : शुरुमै त्यस्तो सोध्नुभएको चाँहि महिला भएर हो कि?

काठमाडौं : सभामुखमा उम्मेदवारी दर्तापछि कांग्रेसकी ईश्वरी न्यौपानेले परिणाम आफ्नो पक्षमा आउने दाबी गरेकी छिन्। नयाँ बानेश्वरको ल्होत्से हलमा उम्मेदवारी दर्ता लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै न्यौपानेले निर्वाचन पछि नै परिणाम थाह हुने बताइन्।

न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्। यसअघि एमालेबाट देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

सभामुखमा घिमिरे निर्वाचित हुने सम्भावना बलियो देखिन्छ। यहीबारे सञ्चारकर्मीले कांग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई प्रश्न सोधेका थिए। यस्तो अवस्थामा कसरी उम्मेदवारी दिन स्विकार गर्नुभयो? जवाफमा न्यौपानेले भनिन्, 'कतिले समर्थन गर्‍यो भन्ने कुरा त निर्वाचनको परिणाम पछि नै थाह हुन्छ। तपाईले कसरी कल्पना गर्नुभयो मेरो जय र पराजयबारे? शुरुमै त्यस्तो प्रश्न सोध्नुभएको चै महिला भएर हो कि?'

न्यौपानेले आफूलाई विभिन्न दलको समर्थन भएकोले परिणाम आफ्नै पक्षमा आउने तर्क गरिन्। 'विभिन्न दलको समर्थन छ मलाई,' न्यौपानेको भनाई थियो।

एमालेका देवराजको पक्षमा बहुमत हुँदाहुँदै किन दियो कांग्रेसले सभामुखमा उम्मेदवारी?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell