PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

हत्या अभियोग लागेका एमाले सांसद पक्राउबारे गृहमन्त्री रवि लामिछाने : विधि र पद्धतिभन्दा बाहिर जाँदिनँ



पहिलोपोस्ट

हत्या अभियोग लागेका एमाले सांसद पक्राउबारे गृहमन्त्री रवि लामिछाने : विधि र पद्धतिभन्दा बाहिर जाँदिनँ

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विधि र पद्धति बाहिर गएर गृहमन्त्रालयले सांसद पक्राउ गर्न नसकिने जनाएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखमा एमालेका देवराज घिमिरेलाई मत माग्दै यस्तो भनाई राखेका हुन्।

कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोगमा फरार रहेका सांसदले मत हाल्न पाउने नपाउने बारे निर्क्यौल गरेरमात्र सदन अघि बढाउन माग गरेका थिए। गृहमन्त्रीलाई समेत प्रश्न गर्दै खतिवडाले फरार सांसद लक्ष्मी महतो कोइरीबारे प्रश्न गरेपछि लामिछानेले यसको जवाफ फर्काएका हुन्। 'फरार रहनुभएको सांसद हुनुहुन्छ भन्ने प्रश्न आयो,' गृहमन्त्री लामिछानेले भने, 'विधि र पद्धतिभन्दा बाहिर जाँदैन। एउटा प्रकिया छ। यसमा कसैले दबाव र प्रभाव दिनुहुन्न भन्नेमा म विश्वस्त छु।'

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहिलो संसदमा आफूले महतोलाई नदेखेको र यसबारे प्रश्न उठ्नसाथ पक्रन निर्देशन दिइसकेको दाबी गरेका थिए। पुस २७ गते राप्रपाको चियापानमा पुगेर गृहमन्त्री लामिछानेले भनेका थिए,  'मैले देखिनँ। पछि थाहपछि मैले फोन गरेर पक्रन निर्देशन दिएको छु।' यद्यपि महतो अझै पक्राउ परेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell