PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दीपकले ‘रवि र बालेनहरुलाई विश्वास गरौं’भन्दा बालेनको 'रिप्लाइ' : म जस्तै अरु पनि दुई तीन जना छन्?



पहिलोपोस्ट

दीपकले ‘रवि र बालेनहरुलाई विश्वास गरौं’भन्दा बालेनको 'रिप्लाइ' : म जस्तै अरु पनि दुई तीन जना छन्?

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पछिल्लो समय सामाजिक संजालमा जुहारी खेल्न थालेका छन्। सुरुवातमा चर्चामा रहेका शाहको आलोचना भइरहँदा उनी सामाजिक सञ्जालमार्फत आफूलाई प्रश्न सोध्नेहरुसँग भिड्न थालेका हुन्।

केही दिन अघि निर्देशक विशाल भण्डारीले प्रश्न सोध्दा आरोप प्रत्यारोपमा उत्रेका बालेनले आज अभिनेता दीपकराज गिरीसँग जुहारी खेलेका छन्। तर, यसपटक दीपकले बालेनको आलोचना वा विरोध गरेका थिएनन्। दीपकले बालेनको समर्थन गरेर लेखेको स्टाटसमा नै बालेनले फेरि अशोभनीय टिप्पणी गरेका हुन्।

दीपकले सामाजिक संजालमा पुराना दलहरुलाई वर्षौं विश्वास गरेको अब उप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महानगर प्रमुख बालेनलाई पाँच वर्ष विश्वास गरौं भनेर लेखेका थिए।

दीपकको सो स्टाट्समा ‘बालेनहरु’ लेखेका छन्। मेयर शाहले यसैमा आपत्ति जनाउँदै आफू जस्तो अरु दुई तीनजना को छन् भन्दै दीपकमाथि प्रश्न गरेका हुन्। 

‘बालेन ‘हरु’ भनेको कति जान हो?  बालेन जस्तै अरु पनि दुई तीन जना छन्? छन् भने किन ५ वर्ष कुर्नु?’

बालेनले बिना कुनै कारण दीपकको स्टाट्समा ‘अहंकारी रिप्लाइ’ गरेको भन्दै आलोचना भइरहेको छ।

केही दिन अघि विशाल भण्डारीले पनि विरोधमा उठेका प्रश्नहरुको जवाफ काम गरेर दिनुपर्ने सुझाउँदै प्रश्न गरेका थिए। त्यसमा बालेनले उल्टै भण्डारीलाई पैसा लिएर शो जितिने, दारु खाएर काम गर्न नदिएको भन्दै कमेन्ट गरेका थिए। बालेनले भण्डारीलाई तिम्रो गाउँको मेयरले के गरेको छ भनेर प्रश्न समेत गरेका थिए। जवाफमा भण्डारीले बालेनलाई आफू काठमाडौं महानगरको मतदाता भएको जवाफ फर्काएका थिए।

सम्बन्धित समाचार : प्रश्न सोध्दा बालेनले उल्टै सोधे 'तिम्रो गाउँको मेयरले के गरिरहेको छ?', विशाल भण्डारीको जवाफ : तपाईंकै काठमाडौंको मतदाता हुँ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell