PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

शशांकको बोलीपछि रवीन्द्र मिश्र : हिन्दूराष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि हो, एमालेमा पनि माहोल राम्रो बन्दैछ



पहिलोपोस्ट

शशांकको बोलीपछि रवीन्द्र मिश्र : हिन्दूराष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि हो, एमालेमा पनि माहोल राम्रो बन्दैछ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता डा शशांक कोइरालालाई हिन्दु राष्ट्रबारे पाठ पढाएका छन्। सामाजिक सञ्जालमा मदन भण्डारीको भनाई उद्धृत गर्दै मिश्रले कांग्रेस नेता कोइरालालाई पाठ पढाएका हुन्।

शनिवार कांग्रेस नेता कोइरालाले नेपाललाई जनमत संग्रहबाट हिन्दुराष्ट्र कायम गर्नुपर्ने धारणा राखेका थिए। उक्त भनाईबारे आफ्नो टिप्पणी राख्दै मिश्रले भनेका छन्, 'कांग्रेस नेता शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्‍यो भनेछन्। पछिल्ला महिनाहरूमा नेपाली कांग्रेसका धेरै वरिष्ठ नेताहरूमा राजा ज्ञानेन्द्रसँगको क्षणिक रिसले पार्टीको 'प्रचण्डिकरण' गर्दा पार्टीलाई निरन्तर घाटा भएको अनुभूति प्रष्ट महशूस गर्न सकिन्छ।'

जनमत सङ्ग्रह गरेर नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ : शशांक कोइराला

मिश्रले हिन्दु राष्ट्रको पुनर्स्थापना भनेको राजसंस्थाको पनि पुनर्स्थापना हो भन्ने बुझ्न जरुरी रहेको बताएका छन्। 'कोही सार्वजनिक रूपमा भन्छन्, कोही भन्दैनन्। फरक त्यत्ति हो। कोही शशांकजी जस्तो 'हिन्दू राष्ट्र'को मात्र कुरा गर्छन्,' मिश्रले भनेका छन्, 'तर नेपालको हकमा हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि हो भन्ने बुझ्न जरूरी छ।'

यो विषयमा एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको मिश्रको दाबी छ। राष्ट्रपतिको कारगेट फोटोमा जननेता मदन भण्डारीको भनाई राख्दै मिश्रले राजसंस्थाप्रति एमालेको दृष्टिकोण बदलिएको दाबी गरेका हुन्। 'एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको छ। तलको फोटो एमाले आवद्ध नेताले नै मलाई पठाइदिनु भएको हो। एकदमै राम्रोसँग माहोल बनेर आएको छ,' मिश्रले भनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell