काठमाडौं : सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। आजको बैठकमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्।
शाहले प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत दिन प्रस्ताव राखेका छन्।
माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। सोहीदिन नेपाली कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैलै शाहले आज विश्वासको मत लिन लागेका हुन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन्। विश्वासको मतका लागि शाहले २७ मत ल्याउनुपर्ने हुन्छ। सत्ता गठबन्धन नै शाहको पक्षमा उभिँदा उनले विश्वासको मत पाउने निश्चित भइरहेको छ।
सम्बन्धित समाचार: एमालेले एक महिना टिकाउन नसकेको सुदूरपश्चिम सरकारमा कांग्रेसका शाह अब सुरक्षित, माओवादीले मत दिँदा कस्तो छ अंकगणित?
हेर्नुस सुदूरपश्चिम प्रदेशसभा बैठकको प्रत्यक्ष प्रशारण :