काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले डा बाबुराम भट्टराईले तथ्यको तोडमोड गरेको आरोप लगाएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा बास्तोलाले उक्त आरोप लगाएका हुन्।
'बाबुरामले त तथ्यको तोडमोड गर्नुभयो। प्रचण्ड्ले अहिले प्रम हुँदा धेरै गर्न सक्दिन भन्नुभो नभयको भए सक्नु हुन्थ्यो?' बास्तोलाले भने। बाबुरामले कम्युनिस्टहरु कूर्सीमै टाँस्सिएर नेतृत्वमा बस्ने बताएका थिए।
बास्तोलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सा आउनुमा आफूहरुको पनि देन रहेको दाबी गरे। 'ओली हुँदा नयाँ नक्सा आयो। यो ओली प्रम भएकाले आएको होइन। हामी लडेका थियौं,' उनको दाबी रह्यो।