PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

राजेश पायलले किन लेखे : बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ?



पहिलोपोस्ट

राजेश पायलले किन लेखे : बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ?

काठमाडौं : गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन। श्रीमती साङबुङ राईले लगाएको आरोपको खण्डन गर्दै उनले बिना प्रमाण मानहानि गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

हिजो राजेशकी श्रीमती साङबुङले फेसबुकमा एक स्टाट्स लेखेकी थिइन। आफ्नो बच्चालाई राजेशले शरीरमा तातोपानी खन्याएको उनको आरोप थियो। जुन स्टाट्स भाइरल भएसँगै राजेशको आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि राजेशले फेसबुकमा स्टाट्स लेख्दै मुख खोलेका छन्।

‘एउटा स्टाट्सकै भरमा कसैलाई यती ठूलो गालीगलौच लेख्न मिल्छ? मेरो व्यक्तिगत वितरण छाप्न मिल्छ? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ? अनेक-अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ? आउनुस् म चुनौती दिन्छु, यदि प्रमाण ल्याउनुभयो भने तपाईँको पाउमा मेरो शीर राखिदिन्छु,’उनले फेसबुकमा लेखेका छन्।

राजेश र साङबुङबिच विवाह भएको दर्ता प्रमाणपत्र हिजोदेखि सामाजिक संजालमा भाइरल छ।

पढ्नुस : के हो गायक राजेश पायल राईको बिहे प्रकरण?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell